back
CTIZAN AD

भरतपुर महानगरपालिकाद्वारा रु चार अर्ब ८१ करोडको बजेट पारित

वि.सं.२०७८ असार १० बिहीवार

714 

shares

१० असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु चार अर्ब ८१ करोड १२ लाख ६५ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा आज सो बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट गत बर्षको भन्दा ६५ करोडले बढी छ । गत वर्ष महानगरले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

बजेटमा आन्तरिक आयतर्फ रु एक अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट रु। ३/३ करोड आय हुने अनुमान गरिएको छ ।

महानगरले आवमा सबैवडालाई रु एक करोड ७० लाखका दरले एकमुष्ठ बजेट रु.४९ करोड ३० लाख उपलब्ध गराउने भएको छ । शिक्षा विकासमा रु१२ करोड ५० लाख तथा मर्मत गर्न आवश्यक देखिएका सडकलाई तत्कालै मर्मत गर्न रु छ करोड बजेट विनियोजन गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ रु नौ करोड, सहकारी तथा रोजगारी प्रबद्र्धनमा रु तीन करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा रु आठ करोड ७० लाख, युवा तथा खेलकुदमा रु तीन करोड बजेट विनियोजित छ ।

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न रु आठ करोड बजेट रहेको छ ।

यसैगरी सभामा महानगरप्रमुख प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि सभाले पारित गरेको छ । शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकास नीति तथा कार्यक्रममा छ । ‘मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगरको दीर्घकालिन सोच’सहित अघि वढेको उनले बताइन् । (रासस)

वि.सं.२०७८ असार १० बिहीवार २१:४४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...