१३ असार, काठमाडौँ । डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति सम्पन्न भएको खेलमा वेल्समाथि ४-० गोलको सानदार जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
डेनमार्कका लागि डोलवर्गले खेलको २७ औँ र ४८ मिनेटमा दुई गोल गरेका थिए । त्यसैगरी मइल्हेले ८८ औँ मिनेटमा डेनमार्कका लागि तेस्रो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बाथवेटले चौथौँ गोल गदैँ डेनमार्कलाई शानदार जित दिलाएका थिए ।
वि.सं.२०७८ असार १३ आइतवार १०:४३ मा प्रकाशित



























