back

मस्र्याङ्दीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

वि.सं.२०७८ असार १३ आइतवार

255 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, मनाङ । सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ ।

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए ।

जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालिकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए । जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मस्र्याङ्दी नदीको बीचमा फसेको हो ।

नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो । पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार ११:०४ मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट...

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

  डुम्रे (तनहुँ) । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक...

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय...

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट...

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

बन्दीपुर (तनहुँ) । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८...