back

आजदेखि पोखरा महानगरका सेवा पुनः सञ्चालन

वि.सं.२०७८ असार १३ आइतवार

294 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, कास्की । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरका सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिका कार्यालय, महाशाखा, शाखा तथा ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए। कोरोनाको दोस्रो लहर शुरु भएसँगै जारी निषेधाज्ञाका अवधिमा महानगरका अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

जिल्ला प्रशासन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । निषेधाज्ञाका कारण लामो समय सेवा बन्द हुँदा सेवाग्राही प्रभावित बनेका थिए ।

जिल्लाका अन्य कार्यालयले समेत सेवा शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायातलगायतका अन्य कार्यालयले पनि कोटा निर्धारण गरेर सेवा शुरु गर्ने भएका छन् । केही कार्यालयले असार ११ गतेदेखि सञ्चालनमा आएको र अधिकांश आजदेखि सञ्चालन हुने जनाइएको छ ।

जिल्लास्थित कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धित कार्यालयको कामको प्रकृति र आवश्यकतालाई प्राथमिकीकरण गरी आलोपालो गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

कोभिड–१९ प्रकोपका कारणबाट हुने क्षति एवं सङ्क्रमणदरमा केही कमी भएको तथ्याङ्कबाट देखिएकाले जारी निषेधाज्ञाको आदेशलाई केही सहज र खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम र व्यवस्थापनका लागि जिल्लाभर यही असार १५ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार ११:२१ मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट...

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

  डुम्रे (तनहुँ) । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक...

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय...

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट...

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

बन्दीपुर (तनहुँ) । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८...