१३ असार, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।
गत मंसिरमा मृतक निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । पाँच लाखको बीमा गरेका निज मल्लको गत चैत्र महिनामा निजको असमाहिक निधन भएको थियो । २०७६ साल मंसिरमा निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बिमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए ।
कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी न.पा. वडा नं ८ का वडा सदस्य रोम बहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित लेख बहादुर मल्लका हकवाला शुक्लागण्डकी ८ तनहुँ निवासी निजको श्रीमती शुमित्रा मल्ल लाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।
वि.सं.२०७८ असार १३ आइतवार १६:०२ मा प्रकाशित




























