back
CTIZAN AD

छोराले खुकुरी प्रहार गरी आफ्नै बुबाको हत्या

वि.सं.२०७८ असार १३ आइतवार

663 

shares

१३ असार, खोटाङ । धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।

छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गद्र्धनलगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डाँका र हातहतियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले दुई वर्षपछि बुबामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । विसं २०७१ असार १७ गते राति आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुटपाटमा सुवर्णसहित चार जना संलग्न रहेको पुष्टिपछि उनी पक्राउ परेका थिए ।

मृतक चन्द्रबहादुर पनि स्थानीय बमबहादुर राईको हत्या गरेर कैद भुक्तानपछि घरैमा बस्दै आएका थिए । विसं २०४५ भदौमा लाग्ने हरेलो मेलामा चन्द्रबहादुरसहित सात जनाले बमबहादुरको हत्या गरेको ठहरसहित अदालतको आदेशमा चन्द्रबहादुरसहित सात जनाले २० वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १५:५७ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...