back

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

वि.सं.२०७८ असार १३ आइतवार

375 

shares
GLOBAL IME AD
NTC AD

१३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान १।४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो

“जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,” एक जना सुरक्षा अधिकारीले भने ।

विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उनले बताए । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार १५:४० मा प्रकाशित

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...