back

कुटपिटबाट घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु

वि.सं.२०७८ असार १३ आइतवार

327 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो ।

गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरीङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका –२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए । कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १५:३७ मा प्रकाशित

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

बजार अनुगमनः म्याद गुज्रेका सामग्री नष्ट

किमाथाङ्का (सङ्खुवासभा) । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

सेन्टर प्लाजा : अहिलेसम्म १६ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको आगलागीबाट अहिलेसम्म १६...

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी (सुनसरी) । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

फुङ्लिङ (ताप्लेजुङ) । नेपाल-चीन व्यापार प्रवद्र्धनका लागि सुक्खा बन्दरगाह निर्माण...

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

प्लाइउड तत्काल नेपाल नफर्काए जफत गरिदिने भारतीय भन्सारको चेतावनी

  झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ...