back

पहिरोले पाइप पुरिएपछि खानेपानीको अभाव

वि.सं.२०७८ असार १३ आइतवार

327 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, बैतडी । पहिराले खानेपानीको संरचनामा क्षति पुर्याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पु¥याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए। पहिराले खानेपानी लाइन करीब ३÷४ सय मिटरमा क्षति पुर्याएको छ ।

बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताए । खानेपानी पुनःसञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

सरकारी कार्यालय बुधबारदेखि खुल्ने

जिल्ला प्रशासन कार्यालयलगायत यहाँका सबै सरकारी कार्यालयले बारअनुसार सेवा दिने भएका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएपछि बन्द गरेका जिल्लास्थित सबै सरकारी कार्यालयले आगामी बुधबारदेखि बारअनुसारका सेवा दिने भएका छन् ।

कोरोनाको सङ्क्रमणदर बढेसँगै गत वैशाखदेखि बन्द भएका सेवा यही असार १६ गतेदेखि नियमित रुपमा पुनःसञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयसहित अन्य कार्यालयले दिने सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय भएको छ ।

कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले भीडभाड कम गर्न बारअनुसारको सेवा प्रवाह गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भनाइ छ । जिल्लामा गत वैशाख २० गतेदेखि शुरु भएको निषेधाज्ञा यही असार १५ गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म १८ व्यक्तिको मृत्यु भइसकेको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १५:३० मा प्रकाशित

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीय जातको आलु खेतीबाट आम्दानी लिँदै किसान

स्थानीय जातको आलु खेतीबाट आम्दानी लिँदै किसान

अत्तरिया (कैलाली) । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो...

सामुदायिक वनमा सालको रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

सामुदायिक वनमा सालको रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज (बाँके) । जिल्लाका सामुदायिक तथा चक्ला वनमा साल, अस्ना,...