back
CTIZAN AD

निषेधाज्ञाले चितवनका दूग्ध किसान मारमा

वि.सं.२०७८ असार १३ आइतवार

813 

shares

१३ असार, भरतपुर । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् ।

ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले दूग्ध किसान मारमा परेको जनाएको छ । सङ्घका सचिव किशोर बगालेले भने, “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध सङकलन गरिरहेका छन् ।”

समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको उनले बताए । “किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ । ”सचिव बगालेले भने ।

उनका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा रु २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट रु ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

जिल्लामा ११० सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०/२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । उनले दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताए।

“केही उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँमा किसानसंग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन” उनले भने, “उद्योगको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।”जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । तीमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १५:२१ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...