back
CTIZAN AD

संवैधानिक इजलासमा बहस : धारा ७५ (५) मा दलिय ‘ह्वीप’ लाग्दैन्

वि.सं.२०७८ असार १३ आइतवार

693 

shares

असार १३, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) को मर्म प्रतिनिधि सभाका सदस्यहरुले स्वतन्त्र रुपमा सरकार बनाउने भन्ने रहेको जिकिर गरेका छन् । आइतबार प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि निवेदकको तर्फबाट संवैधानिक इजलासमा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

दलहरु सरकार बनाउन असफल भएको अवस्थामा स्वतन्त्र रुपमा जनप्रतिनिधिले अधिकार प्रयोग गर्ने अवस्था धारा ७५ (५)ले दिएको जिकिर उनको छ । संविधान निर्माताको पनि भावना सोही रहेको उनले बताए ।

‘धारा ७६ (५) मा सांसदको भूमिका ७६ (२) मा जस्तो दलका सदस्यको रुपमा खोज्नु हुँदैन,’ उनले भनेका छन्, ‘उपधारा २ दलको निर्णयको कुरा हो भने उपधारा ५ बमोजिम सांसदले व्यक्तिगत रुपमा दावी गर्न र समर्थन गर्न सक्छन् ।’

उनका अनुसार धारा ७६ (५) मा कुनै पनि दलीय ह्वीप लाग्दैन् । जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबी प्रधानमन्त्रीका लागि उपयुक्त छ ।

उनले भनेका छन्, ‘त्यसमा दलीय ह्वीप लाग्ने कुरै हुन सक्दैन, यस अनुसार शेरबहादुर देउवाको दाबीमा स्पष्ट बहुमत छ र उहाँ पिएममा नियुक्त हुनुको विकल्प छैन ।’

७६(४) अनुसारको प्रक्रिया अगाडि बढेर ७६ (५)को अवस्थामा प्रधानमन्त्रीमा दाबी भइसकेको भन्दै अधिवक्ता कुँवरले इजलासमा ७६ (५) अनुसार परेको दाबीमाथि व्याख्या हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?

‘देउवालाई नियुक्ती गर्नु भनेर परमादेश जारी गर्नुपर्छ’

वि.सं.२०७८ असार १३ आइतवार १५:१४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...