back
CTIZAN AD

‘देउवालाई नियुक्ती गर्नु भनेर परमादेश जारी गर्नुपर्छ’

वि.सं.२०७८ असार १३ आइतवार

666 

shares

असार १३, काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्ने परमादेश जारी हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा विघटनविरुद्व रिट निवेदकको तर्फबाट बहसमा भाग लिँदै उनले संविधानको भावना बमोजिम बहुमत सांसदको हस्ताक्षर देखाउने देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्ने तर्क गरे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमहरु बदनीयतपूर्णं रहेको बताए । सांसदहरु जाँदा कुराउने राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय मध्यरातमा किन गरिन् ? भन्ने प्रश्न खरेलको छ ।

‘बहुमतको समर्थन रहेका देउवालाई ७६(५) अनुसार नियुक्त गर्नु भनेर परमादेश जारी गर्नु पर्छ। यो बाध्यकारी अवस्था हो, यसअघि भएको फैसला अदालतको अभिलेखमा छ’, खरेलले भनेका छन्, ‘सांसदहरु जाँदा कुराएर राख्ने अनि ओलीले गरेका निर्णय चाहिँ मध्यरातमा गर्ने कसरी हुन्छ ?’

पार्टीका आन्तरिक विषयमा देखिएका विवादलाई निरुपण गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको तर्क खरेलको छ । उनले पार्टीका सांसदले नमानेको कुरा संसदमा निरुपण खोज्ने कि राष्ट्रपतिसँग ? भनि प्रश्न गरे ।

‘मेरो दलको सांसदले दलको निर्णय मानेर भनेर कहाँ गएर कारबाही गर्ने हो ? राष्ट्रपति कार्यालय कि संसद्‌मा हो ?’, उनले भने।

सम्बन्धित समाचार

संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?

वि.सं.२०७८ असार १३ आइतवार १४:१० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...