१३ असार, काठमाडौं । काठमाडौंको न्युरोडमै एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
प्रहरीले आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई पक्राउ गरेको छ ।
धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७८ असार १३ आइतवार १६:३५ मा प्रकाशित






























