back
CTIZAN AD

नेप्सेमा दोहोरो अकंको वृद्धि, यी कम्पनीका लगानीकर्ताले उच्च अकंले कमाए

वि.सं.२०७८ असार १३ आइतवार

714 

shares

१३ असार, काठमाडौँ । साताको पहिलो दिन आईतबार सेयर बजार नेप्से दोहोरो अकंले बढेको छ । नेप्सेमा दोहोरो अकंको वृद्धिसँगै बैंकिङ, व्यापार, जलविद्यृत, उत्पादन मूलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष, इन्भेष्टमेन्ट श्रेत्रका कम्पनीको सुचक उकालो लागेको छ भने होटल्स, विकास बैंक, वित्त कम्पनी, जीवन बीमा, निर्जीवन बीमा श्रेत्रका कम्पनीको सुचक घटेको छ ।

आज बजार परिसूचक २७ दशमलव ३८ अकंले बढेर समग्र परिसूचक २८७० दशमलव ३८ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ७६ अकंले बढेर ५२९ दशमलब ४१ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैंया बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८२ हजार ५५पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर, सेञ्चुरी बैंक, नेपाल पूनर्बीमा कम्पनी, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सेञ्चुरी बैंक, नेशनल हाइड्रोपावर, सिभिल बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्फास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै सेञ्चुरी बैंकका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले ९.९६ प्रतिशतले कमाएका हुन । त्यसैगरी अपर तामाकोशी, युनाइटेड इदी-मार्दी एण्ड रा.वी हाईड्रोपावर, रिडी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने गोर्खाज फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणि डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताहरु उच्च अकंले गुमाएका छन ।

आज भएको कारोबारमा ८२ कम्पनी लागनीकर्ताले कमाउदाँ ९६ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ असार १३ आइतवार १६:३० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...