back

मुक्तिकोटमा चरम खाद्यान्न सङ्कट

वि.सं.२०७८ असार १३ आइतवार

276 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, मार्तडी । स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यान्न समस्या देखिएको जनाइएको छ ।

स्थानीयवासी बलबहादुर वि.क. ले गाउँमा खाद्यान्न सकिएको जानकारी दिए। उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, “लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको छैन । गाँउमा रोजगारी पनि छैन । घरमा खाद्यान्न भएको खाद्यान्न पनि सकियो ।”

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर वि.कले जानकारी दिए। ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना कहरका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ ।

स्थानीय उत्पादनले एकमहिना पछि छाक नटर्ने मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताए । अधिकांश परिवार १२ महिना बजारका खाद्यन्नमा निर्भर हुनुपर्न बाध्यता रहेको उनले जानकारी दिए ।

मुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिका सुचना अधिकारी कुबेर शाहीले बताए । उनले यसबाट बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक कुपोषणको शिकार बनेको जानकारी दिए ।

बालबालिकाको कुपोषणबाट मृत्यु हुने गरेको बताइएको छ । गाँउमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाँउपालिकाले भने गाँउमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।

गरिब घर परिवार पहिचान बोर्डले विसं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाँउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुुनि रहेको उल्लेख छ । प्रतिवेदनमा गााउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ ।
रासस

वि.सं.२०७८ असार १३ आइतवार १६:२४ मा प्रकाशित

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

कारबाहीमा बाँकेका ६९ फर्म, १० लाखभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक...

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीय जातको आलु खेतीबाट आम्दानी लिँदै किसान

स्थानीय जातको आलु खेतीबाट आम्दानी लिँदै किसान

अत्तरिया (कैलाली) । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो...

सामुदायिक वनमा सालको रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

सामुदायिक वनमा सालको रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज (बाँके) । जिल्लाका सामुदायिक तथा चक्ला वनमा साल, अस्ना,...