असार १३, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका वकिलहरुको बहस सकिएको छ । असार ९ गतदेखि सुरु भएको बहसमा निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट ३६ वकिलहरुले बहस गरेका थिए ।
अधिवक्ताहरुले संविधानको धारा ७६ (५) अनुसार परेको दाबी संविधानसम्मत भएको भन्दै देउवाको पक्षमा परमादेश गर्नुपर्ने माग गरेका थिए । अधिवक्ताहरुले ७६ (५) अनुसार गरिएको दाबीमा दलीय ह्वीप नलाग्ने पनि जिकिर गरेका थिए ।
आइतबार वरिष्ठ अधिवक्ता कृष्णप्रसादा भण्डारी, सतिसकृष्ण खरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।
सोमबारदेखि सरकारी पक्षका वकिलहरुको बहस सुरु हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोह भट्टराई छन् । इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्षमा बहस गर्न १५/१५ घण्टा समय तोकेको थियो ।
सम्बन्धित समाचार
संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?
‘देउवालाई नियुक्ती गर्नु भनेर परमादेश जारी गर्नुपर्छ’
संवैधानिक इजलासमा बहस : धारा ७५ (५) मा दलिय ‘ह्वीप’ लाग्दैन्
वि.सं.२०७८ असार १३ आइतवार १६:१७ मा प्रकाशित






























