back
CTIZAN AD

समस्यामा परेका जलविद्युत् आयोजनाहरुलाई पुनरकर्जा

वि.सं.२०७८ असार १३ आइतवार

615 

shares

१३, असार, काठमाडौं । समस्यामा परेका जलविद्युत् आयोजनाहरुले पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको हो ।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गर्न लागेको हो ।

उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिनेछ । कूल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थिया । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।

वि.सं.२०७८ असार १३ आइतवार २२:५५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...