back

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

वि.सं.२०७८ असार १३ आइतवार

378 

shares
GLOBAL IME AD
NTC AD

१३ असार, काठमाडौं । आगामी साउनदेखि सरकारले सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सर्वोच्च अदालतबाट आफुहरुको पक्षमा फैसला आएपछि विभागले साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाएको हो । सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ ।

यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको थियो । तर, प्लेटमा नेपाली भाषाको अंक र अक्षर प्रयोग नभएको विषयमा विवाद सुरु भयो र यो मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो ।

सरकारले इम्बोस्ड प्लेट जोड्न दुई पांग्रेको हकमा २५ सय, तीन पांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेटका लागि ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विभागका अनुसार हालसम्म १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

वि.सं.२०७८ असार १३ आइतवार २३:०२ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...