१३, असार, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि असार मसान्तसम्म निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।
कम्पनीले अनलाइन मार्फत यो सेवा सचालन गरिरहेको छ । यो सेवा लिनको लागि सेवाग्राहीले कम्पनीको वेबसाईटमा गई अनलाई डिम्याटभित्र क्लिक गरी खाता खोल्न सक्नेछन् ।
सेवाग्राहीको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ ।
कम्पनीको अनुसार यसरी आफूले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असार १३ आइतवार २३:१४ मा प्रकाशित





























