
१३, असार, काठमाडौं । सिन्धु विकास बैंकले आफ्नो २४औं शाखा सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शुक्रबार गते शक्रबार गरेका हुन् ।
यससँगै उक्त शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग, कनेक्ट आईपीएस, एटीएम, क्यूआर कोड सेवाहरु समेत उपलब्ध हुनेछ । त्यस्तै, भविष्यमा आफ्ना ग्राहकहरुलाई अझै सर्वसूलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने बैंकले लक्ष्य लिएको छ ।
बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय रहेको बैंकले विभिन्न २६ स्थानबाट बैकिङ्ग सेवा दिँदै आएको छ ।
वि.सं.२०७८ असार १३ आइतवार २३:४३ मा प्रकाशित