back
CTIZAN AD

आजको मौसम विवरणः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना !

वि.सं.२०७८ असार १४ सोमवार

786 

shares

१४ असार, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव तथा देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनुका साथै प्रदेश नं १ र बागमती प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थान तथा लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ बाढी पूर्वानुमान
त्यस्तै आज कोशी, कन्काई र यसका स–साना सहायक नदीमा बहाब केही बढ्ने तथा प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा भइ बहने नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

No photo description available.

वि.सं.२०७८ असार १४ सोमवार ०८:४२ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...