back
CTIZAN AD

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ असार १५ मंगलवार

987 

shares

१५ असार, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार १५ गते_ अन्तिम दिन रहेको छ । कम्पनीले असार ११ गते देखि आईपीओ विक्री खुला गरेको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न गरेको हो । कुल आईपीओको कित्तामध्ये ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...