back

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ असार १५ मंगलवार

486 

shares
GLOBAL IME AD
NTC AD

१५ असार, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार १५ गते_ अन्तिम दिन रहेको छ । कम्पनीले असार ११ गते देखि आईपीओ विक्री खुला गरेको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन गर्न गरेको हो । कुल आईपीओको कित्तामध्ये ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ असार १५ मंगलवार ११:३४ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...