back
CTIZAN AD

जाजरकोट प्राविधिक शिक्षालयका विद्यार्थी अब कक्षाकोठामै अध्ययन गर्ने

वि.सं.२०७८ असार १५ मंगलवार

1.1K 

shares

१५ असार, जाजरकोट । भवन अभावका कारण खुला चौरमा पढाइ भइरहेको चर्चा बटुलेको भेरी नगरपालिका–५ काफलचौरस्थित बहुप्राविधिक शिक्षालयमा भवन निर्माण गरिएको छ ।

भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । छ महिनाअघि राससबाट ‘प्राविधिक शिक्षालयका विद्यार्थी खुला चौरमा पढाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचार छापिएलगत्तै सरोकारवाला निकायले पहलकदमी लिँदा अहिले भवन, खानेपानी र शौचालय निर्माण गरिएको छ । रु २५ लाख ३५ हजार लागतमा नगरपालिकाले जाजरकोट बहुप्राविधिक शिक्षालयको ट्रस भवन निर्माण गरेको हो । त्यस्तै खानेपानी तथा सिँचाइ ऊर्जा विकास कार्यालय र नगरपालिकाको रु २० लाख २९ हजार ९५९ लागतमा खानेपानी योजना निर्माण गरेको छ ।

प्राविधिक शिक्षालयको तीनकोठे ट्रस भवन निर्माणपछि विद्यार्थीले खुलाचौरमा पढ्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति पाई जाजरकोट बहुप्राविधिक शिक्षालयले भवन तथा पूर्वाधारबिना नै गत पुसदेखि पठनपाठन सञ्चालन गर्दै आएको आएको थियो ।

भवनबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयका विद्यार्थी खुलाचौरमा कार्पेट बिछ्याएर पढिरहेका थिए भने शिक्षकले बाँसको पोलमा सेतोपाटी झुण्ड्याएर पढाइरहेका थिए ।

नगरपालिकाले शिक्षालयको तीनकोठे ट्रस भवन निर्माण गरिदिएपछि वर्षा हुँदा र चर्को घाम लाग्दा शिक्षालयको पढाइ बन्द गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । बाइस रोपनी जग्गाबाहेक अरु कुनै पनि भौतिक पूर्वाधारबिना नै सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा पहिलो वर्ष वन विज्ञानमा ३७, सिभिल इञ्जीनियरिङमा ४८ र पशु विज्ञानतर्फ २९ विद्यार्थीले अध्ययन गरिरहेको शिक्षालय प्रमुख दानबहादुर ठकुरीले बताए ।

भवन र फर्निचर अभावमा प्राविधिक शिक्षालयले ल्याबको प्रयोग गर्न सकिरहेको थिएन । शौचालय नहुँदा दिसापिसाबका लागि जङ्गल धाउनुपर्ने, खानेपानी अभावमा एक घण्टाको पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरप्रमुख घर्तीले बताए ।

काफलचौरमा रहेको शिक्षालय र विजय माध्यमिक विद्यालयमा दुईवटा संयुक्त धारा सञ्चालन हुने गरी नगरपालिकाले खानेपानी योजना सम्पन्न गरेपछि घण्टौँ समय लगाएर गाग्रीमा बोकेको पानी पिउनुपर्ने बाध्यता हटेको छ ।

प्राविधिक शिक्षालयमा पाँच र माविमा पाँचवटा धारा एकसाथ चल्ने गरी दुईवटा संयुक्त धारा निर्माण भएको इञ्जीनियर नवराज शर्माले जानकारी दिए । वडा नं ६ को भेरेमा रहेको खानेपानी मुहानबाट काफलचौरसम्म आठ किलोमिटर लामो पाइपमार्फत पानी आपूर्ति गरिएको छ ।

नेपाल शहरी शासकीय क्षमता एवं पूर्वाधार परियोजनाको रु २० लाख २२ हजार ९५९ लागतमा मुहानमा इन्टेक, एक ट्याङ्की र दुईवटा संयुक्त धारा निर्माण गर्नुका साथै आठ किलोमिटर पाइप लाइन बिच्छ्याएर उक्त पानी ल्याइएको हो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले ३२ र २५ एमएमको आठ हजार मिटर पाइप सहयोग गरेको इञ्जीनियर शर्माको भनाइ छ ।
रासस

वि.सं.२०७८ असार १५ मंगलवार ११:४९ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...