back
CTIZAN AD

माओवादीले कारबाही गरेका मेयरहरूलाई काम गर्न दिनु – सर्वोच्च अदालत

वि.सं.२०७८ असार १५ मंगलवार

663 

shares

१५ असार काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका मेयरहरूलाई काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले माओवादी केन्द्र बाट निर्वाचित भइ दल त्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

निर्वाचित भएको दल माओवादी त्याग गरी एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिनका लागि भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार साह र कुशवाहाको रिट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।

प्रस्तुत विवादमा काुननको गम्भीर व्याख्या निहित रहेको, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको भन्दै उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन अन्तरिम आदेशमा भनिएको छ ।

सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म माओवादीले गरेको निर्णय, निर्वाचन आयोगको निर्णय र पत्राचार कार्यान्वयन नगर्न भनेको छ ।
११ असार निर्वाचन आयोगले माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित ३ पालिका प्रमुख, ६ उपप्रमुख, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेको भन्दै पदमुक्त गरेको थियो ।

वि.सं.२०७८ असार १५ मंगलवार २२:०२ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...