back

डिजिटल अर्थतन्त्रबारे बहस, अर्थमन्त्री भन्छन् – डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु भईसक्यो

वि.सं.२०७८ असार १६ बुधवार

450 

shares
GLOBAL IME AD
NTC AD

१६ असार काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताएका छन् । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेवीनारमार्फत उद्घाटन गर्दै उनले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताए ।

कोभिडपछि यसको महत्व थप बढेको उनको भनाई छ । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाई छ । पौडेलले उद्यमशीलता बृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।

No description available.

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।

पूँजी बजारमा गत साउनदेखि अधिकांश कामहरु डिजिटल माध्यमबाट भइरहेको ढुंगानाको भनाई छ । उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रीकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसनलाई महत्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बीमा संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भिम पौडेललगायतले कोभिड पछिको अर्थतन्त्रका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरुले अर्थतन्त्रको स्वरुपलाई डिजिटल शैलीमा अगाडि बढाउनुपर्ने बताएका थिए ।

वि.सं.२०७८ असार १६ बुधवार ०५:४० मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, १८ लाखभन्दा बढीको हात खाली

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँडको मिति...

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

आजदेखि खुल्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि...

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि...

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

क्रेष्ट माइक्रो आईपीओ खुल्यो

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडेको आजदेखि सर्वसाधारणका लागि...

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

काठमाडौँ । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल...