back

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

वि.सं.२०७८ असार १६ बुधवार

384 

shares
GLOBAL IME AD
NTC AD

१६ असार काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड( नेप्से)को अध्यक्षमा दीर्घराज मैनालीले पद बाहाली गरेका छन् । अर्थमन्त्रालयको असार १४ गतेको निर्णयअनुसार मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्षमा मनोनयन गरिएको हो ।

मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन् । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए ।

पद बाहालीका क्रममा मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘पुँजीबजारमार्फत् मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्य तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने मैले अपेक्षा गरेको छु,’ उनले भने ।

लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्षमा मैनालीलाई मनोनयन गरिएको हो ।

वि.सं.२०७८ असार १६ बुधवार ०५:४४ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...