back
CTIZAN AD

महोत्तरीमा सातौँ पटक निशेधाज्ञा थपियो

वि.सं.२०७८ असार १६ बुधवार

708 

shares

१६ असार, महोत्तरी । महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

आजदेखि लागु हुनेगरी सातौँ पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको पछिल्लो आदेशमा दिउँसो तीन बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो । त्यसैगरी अब जिल्लाभरि मात्र सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनसक्ने आदेशमा उल्लेख छ ।

पछिल्लो आदेशमा विद्यालयहरु कार्यालय प्रयोजनका दैनिक प्रशासनिक कामका लागि खुल्नेछन् तर विद्यार्थी भने अझै विद्यालय नआउने स्पष्ट खुलाइएको छ । सङ्क्रमणमा सुधार देखिए पनि अझै जोखिम कायम नै देखिएको हुँदा थप एक साता निषेधाज्ञा अवधि थपिएको आदेशमा उल्लेख गरिएको छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन र भोजभतेर सञ्चालन र आयोजन गर्न नपाइने स्पष्ट आदेश छ । यसैगरी जिल्ला कट्ने गरी सार्वजनिक भाडाका सवारी साधन पनि चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

जिल्लामा विसं २०७८ प्रारम्भयता गत वैशाख २२ गतेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता क्रमशः पछिल्लो पटकसमेत सातौँ पटक निषेधाज्ञाको अवधि थप गरिएको हो । यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । यो महाव्याधिले यसपालि हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो । असार दोस्रो साता प्रारम्भयता सङ्क्रमणबाट मृत्यु भएको छैन । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो ।

यसपालि अहिलेसम्म दुई हजार ६६८ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । यीमध्ये ४० जना असार दोस्रो साताका हुन् । असार लागेपछि सङ्क्रमित भएका सङ्ख्या भने १०१ पुगेको छ । अहिलेसम्म एक हजार ९१० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन् ।

जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य ६६५ जना सङ्क्रमित घरमै स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा रहेका छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार ०८:४१ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...