back
CTIZAN AD

कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानलाई सुनको हलो

वि.सं.२०७८ असार १६ बुधवार

678 

shares

१६ असार, कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताएका छन् ।

‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा मंगलबार धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले आर्थिक वर्ष २०७८÷०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने र यसमा उत्कृष्टकार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताए ।

“कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,” उनले भने “उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकलाई पनि सम्मान गरिनेछ । ।”

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मर्कै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे । मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कर्णालीमा सातै प्रदेशमध्ये धान कम हुने भए पनि प्रदेश सरकारले यो खेतीमा महत्व दिएको जनाए । धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीसाथ लाग्न उनले आग्रह गरे ।

वि.सं.२०७८ असार १६ बुधवार ०८:४१ मा प्रकाशित

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...