back
CTIZAN AD

सिद्धिचरण नगरपालिकाद्वारा निर्माण व्यवसायीलाई सम्मान

वि.सं.२०७८ असार १६ बुधवार

687 

shares

१६ असार, ओखलढुङ्गा । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ ।

आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको उनका भनाइ छ ।

“योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौँ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उनीहरुले समयअगावै राम्रो काम गरेर देखाए”, नगरप्रमुख श्रेष्ठले भने, “समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उनीहरुलाई हामीले सम्मान गरेका हौँ ।” ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उनका भनाइ छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका थिए । उनले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताए। “यही जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो । त्यस्तै पुल अहिले एक वर्षमा बन्यो । यही हो हामीले ल्याएको समृद्धि”, मन्त्री गुरुङले भने, “राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्ने छ ।

अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुत्तानी रोकिन्छ ।” राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारवाही शुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । विकास निर्माणका आयोजना वर्षौँ अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् ।

मन्त्री गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड रुम्जाटार–सानीटार, वनपाले–बुलादी, देउराली–फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्न प्रालि बालाजु काठमाडौँले ठेक्का लिएको थियो ।

विसं २०७८ पुस २१ गतेसम्म म्याद राखेर विसं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८०० मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।

त्यस्तै सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती–रुम्जाटार सडकखण्डअन्तर्गत सिस्नेखोलामा दुई वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

केएम इञ्जीनियर्स विल्डर्स प्रालि काठमाडौँले २०७९ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार २५ मा नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजना एक महिनाअघि नै निर्माण सम्पन्न भएको छ । समयअगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भइसकेका छन् ।
रासस

वि.सं.२०७८ असार १६ बुधवार ०८:३० मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...