back

आज यी पाँच प्रदेशमा भारी वर्षा र यी नदीको बहाव उच्च हुने हुनाले सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार १६ बुधवार

345 

shares
GLOBAL IME AD
NTC AD

१६ असार, काठमाडौं । देशैभरी रहेको मनसुनी प्रभावका कारण अहिले देशका विभिन्न भागकमा मध्यम तथा भारी वर्षा भइरहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसा आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरु र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाद्धारा जारी सूचनामा जनाईएको छ ।

यस्तो छ आजको बाढी पूर्वानुमान

त्यस्तै पुर्वि राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपास पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको छ । उक्त जलाधारका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले सिन्धुलीको कमला नदी, रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै पछिल्लो ३ घण्टा परासी स्थित बर्दाघाट बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको हुनाले उक्त क्षेत्रका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ असार १६ बुधवार ०९:०८ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...