back
CTIZAN AD

आज यी पाँच प्रदेशमा भारी वर्षा र यी नदीको बहाव उच्च हुने हुनाले सर्तकता अपनाउन अनुरोध

वि.सं.२०७८ असार १६ बुधवार

744 

shares

१६ असार, काठमाडौं । देशैभरी रहेको मनसुनी प्रभावका कारण अहिले देशका विभिन्न भागकमा मध्यम तथा भारी वर्षा भइरहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसा आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरु र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाद्धारा जारी सूचनामा जनाईएको छ ।

यस्तो छ आजको बाढी पूर्वानुमान

त्यस्तै पुर्वि राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपास पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको छ । उक्त जलाधारका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले सिन्धुलीको कमला नदी, रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै पछिल्लो ३ घण्टा परासी स्थित बर्दाघाट बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको हुनाले उक्त क्षेत्रका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ असार १६ बुधवार ०९:०८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...