back
CTIZAN AD

पहिलो एकदिवसीयमा इंल्याण्ड ५ विकेट विजयी, क्रिस वोक्सको घातक बलिङ्ग

वि.सं.२०७८ असार १६ बुधवार

633 

shares

१६ असार, काठमडौँ । इंल्याण्ड र श्रीलंका बिचको पहिलो एकदिवसीयमा इंल्याण्डले ५ विकेटले जित हासिल गरको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले पुरै ५० ओभर पनि खेल्न सकेन । श्रीलंकाको टिम ४२.३ ओभरमा १८५ रन बनाएर अलआउट हुन पुगेको थियो । श्रीलंकाका लागि कप्तान कुशल परेरा र वनिन्दो हसारंगाले अर्धसतकीय पारी खेलेका थिए ।

कप्तान पुशल परेरा ७३ रन बनाएर आउट भएका थिए भने वनिन्दो हसारंगा ५४ रन बनाएर आउट हुन पुगेका थिए । इंल्याण्डका लागि क्रिस वोक्सले उत्कृष्ट बलिङ्ग गर्दै १० ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको १८६ रनको लक्ष्य सामान्य लक्ष्य इंल्याण्डले ३४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि जो रुटले ७९ रनको पारी खेलेका थिए । श्रीलंकाका लागि बलिङ्ग तर्फ भने दुश्मन्था चामेराले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै इंल्याण्डले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ । यी दुई टिम बिचको दोस्रो एकदिवसीय बिहिबार हुने छ ।

वि.सं.२०७८ असार १६ बुधवार १२:४९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...