
१६ असार, काठमडौँ । इंल्याण्ड र श्रीलंका बिचको पहिलो एकदिवसीयमा इंल्याण्डले ५ विकेटले जित हासिल गरको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले पुरै ५० ओभर पनि खेल्न सकेन । श्रीलंकाको टिम ४२.३ ओभरमा १८५ रन बनाएर अलआउट हुन पुगेको थियो । श्रीलंकाका लागि कप्तान कुशल परेरा र वनिन्दो हसारंगाले अर्धसतकीय पारी खेलेका थिए ।
कप्तान पुशल परेरा ७३ रन बनाएर आउट भएका थिए भने वनिन्दो हसारंगा ५४ रन बनाएर आउट हुन पुगेका थिए । इंल्याण्डका लागि क्रिस वोक्सले उत्कृष्ट बलिङ्ग गर्दै १० ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए ।
श्रीलंकाले दिएको १८६ रनको लक्ष्य सामान्य लक्ष्य इंल्याण्डले ३४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि जो रुटले ७९ रनको पारी खेलेका थिए । श्रीलंकाका लागि बलिङ्ग तर्फ भने दुश्मन्था चामेराले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै इंल्याण्डले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ । यी दुई टिम बिचको दोस्रो एकदिवसीय बिहिबार हुने छ ।
वि.सं.२०७८ असार १६ बुधवार १२:४९ मा प्रकाशित