back
CTIZAN AD

युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति

वि.सं.२०७८ असार १६ बुधवार

759 

shares

१६ असार, काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति(एक्वायर) गर्न अन्तिम स्वीकृति पाएको छ । बैंकले असार १५ गते मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

यससँगै बैंकले १ बराबर ०.३५ को सेयर मुल्य अनुपात (स्वाप रेसियो ) मा फाइनान्सलाई प्राप्ति गर्ने छ । गत असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई स्वीकृति दिएको थियो । यससँगै, सेयरधनीले युनाईटेड फाइनान्सको १ कित्ता सेयर बराबर नबिल बैंकको ०.३५ कित्ता सेयर पाउने भएका छन् ।

नबिल बैंकले संस्थालाई प्राप्ति गर्नको लागि गत बैशाख १७ गते शुक्रबार प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सहमतिपत्रमा नबिल बैंकको तर्फबाट मर्जर÷प्राप्ति कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर÷प्राप्ति कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका हुन् ।

यससँगै, युनाईटेड फाइनान्सको गत बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रकृया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्राप्ति गर्ने प्रकृया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

वि.सं.२०७८ असार १६ बुधवार २२:२२ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...