back
CTIZAN AD

असार २४ गतेदेखि आउँदै युनियन लाइफ इन्स्योरेन्सको आईपीओ

वि.सं.२०७८ असार १६ बुधवार

666 

shares

१६ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हो ।

कम्पनीले निष्कासन गर्न लागेको ६४ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनीकोषलाई छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।

कम्पनीको आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

हाल एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीकोे चुक्तापूँजी आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

वि.सं.२०७८ असार १६ बुधवार २२:१८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...