back
CTIZAN AD

ओलीको कदमप्रति रामकुमारी झाँक्रीको टिप्पणी – झुक्याउने खेल हो, भ्रममा नपरौं !

वि.सं.२०७८ असार १७ बिहीवार

897 

shares

असार १७, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले अबैध भनेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन् । उनले रुपान्तरित केन्द्रीय कमिटीको बैठक असार १८ अर्थात् भोली बोलाएका छन् ।

ओलीले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बोलाएको बैठकप्रति माधवकुमार नेपाल पक्ष भने अलमलमा देखिएको छ । यस्तोमा माधव पक्षको एक पंक्ति ओलीको पछिल्लो कदम आफ्नो समूहलाई फुटाउने र विभाजन गर्ने खेलमा केन्द्रीत रहेको टिप्पणी गरेको छ ।

माधव पक्षीय नेतृ रामकुमारी झाँक्रीले ओलीको कदम भ्रममा पार्ने खेल मात्रै भएको टिप्पणी गरेकी छिन् । आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने कुरा फर्जी भएको उनको भनाई छ ।

उनले पुरानै उत्पादनमा नयाँ खोल मात्रै लगाइएको भन्दै ओलीको ०७७ फागुन २८ को निर्णयको नाम परिवर्तन गरेको टिप्पणी गरेकी छिन् । उनले भनेकी छिन्, ‘पुरानै उत्पादनमा नयाँ खोल मात्र लगाइएको हो । ग्राहकहरु झुक्निु पर्ने नै छैन । भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।’

वि.सं.२०७८ असार १७ बिहीवार ११:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...