back

सतर्कता पार गर्दै मर्यास्याङ्दी नदी

वि.सं.२०७८ असार १७ बिहीवार

327 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, दमौली । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए ।

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो ।

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् ।
रासस

वि.सं.२०७८ असार १७ बिहीवार ११:४८ मा प्रकाशित

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

समयमै काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट...

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

कार्यालयद्वारा आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

  डुम्रे (तनहुँ) । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक...

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

पछिल्लो समय उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु (नवलपरासी) । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय...

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

‘क्यामेरा ट्यापिङ’का माध्यमबाट हिउँ चितुवाको अनुगमन गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट...

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

बन्दीपुर (तनहुँ) । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८...

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा तटीय क्षेत्रमा बाढीको जोखिम

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा तटीय क्षेत्रमा बाढीको जोखिम

म्याग्दी । मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत्...