back
CTIZAN AD

नारायणगढ–बुटवल खण्डमा मोटरसाइकल चल्न थाले

वि.सं.२०७८ असार १७ बिहीवार

711 

shares

टेकराज पोखरेल
१७ असार, नवलपुर । अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा मोटरसाइकल चल्न थालेका छन् । नयाँ ठाउँमा डाइभर्सन बनाएर मोटरसाइकल सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पुरानोलाई बनाउन समय लाग्ने भएकाले नयाँ डाइभर्सन बनाएर अलपत्र परेका मोटरसाइकललाई एकतर्फी सञ्चालन गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पहिलो चरणमा सडकमै अपत्र अवस्थामा रहेका मोटरसाइकल कटाइएपछि साना सवारीसाधन चल्नेगरी डाइभर्सन पूरा गरिने उनको भनाइ छ । ठूला सवारी साधन आवतजावत गर्नका लागि पुरानै डाइभर्सन मर्मत गर्नुपर्ने भएकाले शुक्रबारसम्म समय लाग्नसक्ने छ ।

मोटरसाइकल चल्ने गरी सञ्चालन गरिएको डाइभर्सनबाट एम्बुलेन्स चल्न मिल्नेगरी बाटो सम्याउने काम भइरहेको पनि खनालले जानकारी दिइन् । आज बिहान आएको बाढीले सो सडकअन्तर्गत गैँडाकोटको २३ स्मृति पुल, हडबडे खोला, पितौजी पुलसहित चार स्थानको डाइभर्सन बगाएको थियो । डाइभर्सन बगेपछि पूर्ण रुपमा अवरुद्ध सडक करिब आठ घण्टापछि मोटरसाइकल मात्रै सञ्चालन हुनेगरी एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरु गैँडाकोटमा नै रोकिएका छन् भने पूर्वतर्फ जाने सवारी साधनहरु डण्डामा रोकिएका छन् । सडक सञ्चालन नहुँदा सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । नारायणगढ –बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका साना कल्भर्ट भत्काएर मोटरेबल पुल बनाउने क्रममा सवारीसाधन सञ्चालन गर्न निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । (रासस)

File Pice

वि.सं.२०७८ असार १७ बिहीवार २०:२४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...