back
CTIZAN AD

शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा खनाल –नेपाल समूह सहभागी नहुने

वि.सं.२०७८ असार १७ बिहीवार

723 

shares

१७ असार, काठमाडौँ । नेकपा (एमाले)को संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

बिहीबार सो समूहको बुद्धनगरमा बसेको बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

एमालेको संस्थापन पक्षले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार १० औँ अधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय समिति व्युँताएका थिए । उक्त कमिटीमा पूर्व माओवादीका रामबहादुर थापा बादल सहित २० जनालाई समेटिएको छ । त्यसमा माधव समूहले असहमति जनाउँदै आएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार २०:३९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...