back
CTIZAN AD

भिषा सेवा सुचारु

वि.सं.२०७८ असार १७ बिहीवार

738 

shares

१७ असार, काठमाडौँ । शुक्रबारबाट भिसा सेवा सुचारु हुने भएको छ । कोरोना महामारीको दोस्रो लहर शुरुभएसँगै बन्द भएको भिसा सेवा पुन सुचारु हुन लागेको हो ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता झंकनाथ ढकालका अनुसार बन्द सेवाहरु शुक्रबार असार १८ गतेदेखि पूर्ववत अवस्थामा सुचारु हुन लागेको छ ।

अन्तर्राष्ट्रिय एवम् आन्तरिक उडानहरु सूचारु हुँदै गइरहेको तथा स्थानीय प्रशासनबाट जारी निषेधाज्ञ समेत केही खुुकुलो भई सार्वजनिक सवारी साधनमसेत संचालन हुन थालेको हुँदा विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गर्नेगरी सेवा सूचारु गर्न लागिएको विभागले जनाएको छ ।

विभागले आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिषा सम्बन्धित कामका लागि विभिन्न सुविधा दिने बताएको छ । २०७८ वैशाख १५ सम्म वैध भिसा पाएका विदेशी नागरिक २४ असारभित्र नेपालबाट बाहिरिँदा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाट निःशुल्क भिषा नियमित गरिने बताइएको छ ।

नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा बिलम्ब शुल्क र जरिवाना नलिई भिसाा नियमित गरीने छ ।

तर २०७८ असार २४ गते पश्चात भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भने नियमानुसार भिसा शुल्क, बिलम्ब शुल्क र जरिवाना लाग्ने जनाइएको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार २१:०४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...