back
CTIZAN AD

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

वि.सं.२०७८ असार १७ बिहीवार

753 

shares

१७ असार, काठमाडौ । कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले बताए ।

साफ फुबटवल च्याम्पियनसिप र एएफसी एसियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् । प्रशिक्षण दुई चरणमा हुने छ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपरान्ह अभयास गर्ने छ । बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन् ।

यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा रेका छन् ।

यस्तै छनोट गरिएका अन्य खेलाडीहरुमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बंगलादेशमा हुनेछ भने एसियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।

वि.सं.२०७८ असार १७ बिहीवार २१:१६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...