back
CTIZAN AD

युवाको सक्रियतामा असहाय बस्नेत परिवारलाई घर हस्तान्तरण

वि.सं.२०७८ असार १८ शुक्रवार

645 

shares

१८ असार, दमक । दुई वर्षअघि आगाले जलेर ज्यान गुमाएकी झापा, कमल गाउँपालिका–६ सोनापुरकी कुलमाया बस्नेतको परिवारलाई स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

आगाले जलेर देवीबहादुर बस्नेतका २२ वर्षिया छोरी कुलमायाको मृत्यु भएपछि पीडित परिवारलाई स्थानीय युवाले घर बनाइदिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि घरवारबिहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको सामाजिक अगुवा हुकुमसिंह राईले बताए ।

घर बनाउन राईसहितका मनकारी युवाहरुको समितिले सहयोग जुटाएर घर निर्माण गरिदिएको हो । एकतले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु पाँच लाख ४५ हजार १०० खर्च भएको समितिका आर्थिक संयोजक हर्कबहादुर राईले बताए ।

घर निर्माणमा नेपाल परिवारले १० धुर जमीन दिएका थिए भने इँटा, सिमेन्ट, रडलगायतका कच्चा सामग्री सहयोगबाट नै जुटाइएको थियो । त्यस्तै वडा कार्यालयले पनि आवश्यक जस्तापाता सहयोग गरेको थियो भने स्थानीय युवाले श्रमदान गरी सहयोग पुर्याएका थिए ।

संयोजक राईका अनुसार कुलमाया बचाउ अभियानकै बीचमा बिरामीको उपचारका लागि रु तीन लाख ८० हजार स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । सो रकम समेत केही प्रतिशत घरमा पनि खर्चिएको र बचत रकम रु दुई लाख १६ हजार ४६३ पीडित परिवारको जीविकोपार्जनका लागि रकम समेत प्रदान गरिएको थियो । समितिले आज त्यहाँ एक कार्यक्रम गरी बस्नेतसहित उनका छोरा विदुर र बुहारीलाई नवनिर्मित घरको ताल्चा र चेक हस्तान्तरण गरेको थियो ।
रासस

वि.सं.२०७८ असार १८ शुक्रवार १३:५३ मा प्रकाशित

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...