back
CTIZAN AD

ओमानमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि नेपाली दूतावासले गरायो सचेत

वि.सं.२०७८ असार १८ शुक्रवार

642 

shares

१८ असार, ओमान । नेपाली दूतावास ओमानले, ओमानमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गइरहेको भन्दै त्यहाँ कार्यरत नेपालीलाई सजग हुन अनुरोध गरेको छ ।

ओमानमा कोरोना भाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयानुसार अर्को निर्णय नहुन्जेलसम्मका लागि रात्रीकालीन लकडाउन लागु गरिएको छ ।

ओमानको स्वास्थ्य मन्त्रालयले निकाल्ने दैनिक विवरण अनुसार ओमानमा कोभिड–१९ को संक्रमणदर व्यापकरूपमा बढ्दै गएको पाइएको बताउँदै ओमानमा संक्रमणका कारण हालसम्म ५ जना नेपालीहरूले ज्यान गुमाएको र केही उपचाररत रहेको पनि दूतावासले जनाएको छ ।

‘अतः नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई ओमानको सर्वोच्च समितिको निर्णयहरूको पूर्ण पालना गर्नुहुन अपिल गर्दछ । साथै कोभिड–१९ को जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवम् रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न समेत अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासले ओमानमा खोप लगाउने कार्यक्रम जारी रहेकोले आ–आफ्नो कम्पनी/स्पोन्सरमार्फत् खोप लगाउनु समेत अनुरोध गरेको छ ।

अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने
त्यस्तै नेपाल लगायत विदेशबाट ओमान आउँदा यात्रुहरूले अनिवार्यरूपमा संस्थागत रूपमा उक्त कमिटिले तोकेका होटलहरूमा ७ दिन क्वारेन्टिन बस्नुपर्ने नियम पनि यथावत राखिएकोले सादै तारासुद (Tarassud +) एपमार्फत आफ्नो विवरण भरी ओमान अवतरण भएपश्चात् एअरपोर्टमै पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको पनि दूतावासले जानकारी दिएको छ ।

दूतावासले यस सम्बन्धमा थप केही बुझ्न परेमा कार्यालय समयमा दूतावासको सम्पर्क नं २४६९६१७७÷२४६९६८८३ र अन्य समयमा दूतावासको हटलाईन नं ७१५९२४९० मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

May be an image of text

वि.सं.२०७८ असार १८ शुक्रवार १४:२४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...