back
CTIZAN AD

विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

वि.सं.२०७८ असार १८ शुक्रवार

639 

shares

१८ असार जेनेभा । विश्वका झण्डै एक चौथा्ई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई श्ुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ० ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ । सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् ।

उनीहरुले कोरोनाभाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरुलाई बढी पर्ने चन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोनाभाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् ।

एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ । “कोरोनाभाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरुबाट जोगिन पनि सफा पानीले हात धुनु पर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,” विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयसले भने ।

त्यसैगरी युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौँ बालबालिका सफा पानी उपभोग गर्न बन्चीत हुनु दुःखद कुरा भएको बताए ।

तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरुको संख्यामा भने बृद्धि भएको उनले जानकारी दिए । सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको संख्यामा चार प्रतिशतले बृद्धि भएको उल्लेख गरे ।
उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्यांक सार्वजनिक भएको थियो ।

वि.सं.२०७८ असार १८ शुक्रवार १४:३९ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...