back
CTIZAN AD

वामदेवले ओलीलाई भने – मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन !

वि.सं.२०७८ असार १८ शुक्रवार

780 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता नरहने बताएका छन् । शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले मुख्य नेतालाई अपमान गर्दा तल्लो पंक्तिसमेत भड्कीने बताए ।

उनले माधव नेपालसहितका नेताहरुलाई नसमेटि एमाले एकता नहुने बताए । ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छु’, बैठकलाई सम्बोधन गर्दै उनले भने ।

गौतमले एमाले आधा–आधाको अवस्थामा रहेको भन्दै पार्टी एकता नगरे सकिने पनि बताए । विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई बीचमै भंग गरिएको प्रति गौतमले आपत्तिसमेत जनाए ।

‘हिजो निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ, एमाले आधा/आधा विभाजित छ’ गौतमले भने, ‘वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न, सार्थक निष्कर्षमा पुर्याउनुपर्छ। अन्यथा हामी सबै समाप्त हुन्छौं ।’

आफुँले अहिलेसम्म मित्रघात नगरेको भन्दै गौतमले पार्टी एकता गर्ने कुरामा ओली सहि ढंगले अगाडि जानुपर्ने बताए । पार्टी एकता नै ओलीको हितमा रहेको पनि उनको भनाई छ ।

गौतमले भने, ‘मैले जे भनिरहेको छु, यो हाम्रो हितमा छ, व्यक्तिगत रूपमा ओलीका पक्षमा छ ।’

गौतमले अध्यक्षको जिम्मेवारीमा रहेपछि पक्ष विपक्षमा हुन नहुने पनि बताए । पार्टी संरक्षकको सही भूमिका निर्वाह गर्न पनि उनले ओलीलाई सुझाएका छन् ।

सम्बन्धित समाचार

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

एमाले बैठक : सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव पक्षलाई २ दिनको समय

शनिबारको बैठकमा सहभागी हुन माधव पक्षलाई ओलीको आग्रह

वि.सं.२०७८ असार १८ शुक्रवार १४:४५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...