back
CTIZAN AD

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७८ असार १८ शुक्रवार

918 

shares

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कतारमा पछिल्लो समय विभिन्न टेलिफोन नम्बरबाट सम्पर्क गरी विभिन्न बहानामा व्यक्तिगत जानकारी लिन गरेको र त्यसको दूरुपयोग गरी आफ्नो बैंक खाताबाट अनधिकृत रुपमा पैसा खिचिएपछि आफू ठगीमा परेको भन्ने धेरै गुनासो आएपछि दूतावासले यस्तो अनुरोध गरेको हो ।

‘व्यक्ति स्वयम्ले एटिएम कार्डको पिनकोड वा बैंकबाट प्राप्त ओटिपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही गर्न नसकिने भनि सम्बन्धीत बैंकहरुले जानकारी दिएका छन् ।’ दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

कतारको प्रहरी, गृहमन्त्रालय लगायत सरकारी निकाय तथा कतारमा रहेका बैंकहरुले टेलिफोनमार्फत् एटिएम कार्ड, पिन कोड वा ओटिपी कोट लगायत व्यक्तिगत विवरण नमाग्ने बताउँदै आवस्यक परेको खण्डमा यसप्रकारको विवरण सम्बन्धीत निकाय वा कार्यालयमा व्यक्ति स्वयम् उपस्थित भइ दिने सकिने भन्दै दूतावासले यसप्रति सजग गराएको हो ।

दूतावासले विभिन्न बहाना वा प्रलोभनमा यसप्रकारका व्यक्तिगत विवरणहरु माग गरेमा ठगीमा पर्नसक्ने सम्भावना उच्च रहेकाले सर्तक रहन अनुरोध गर्दै यस्तो फोन आएमा कतारको गृह मन्त्रालयको फोन वा सम्बन्धीत बैंकमा फोन गरेर जानकारी दिन पनि अनुरोध गरेको छ ।

May be an image of text

वि.सं.२०७८ असार १८ शुक्रवार १५:०५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...