back
CTIZAN AD

ओलीले फोन गरेपछि माधव नेपालले भने – कुरा गर्न मन छैन् !

वि.सं.२०७८ असार १८ शुक्रवार

762 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफुँले फोन गर्दा नेता माधव नेपालले पुरै वेवास्ता गरेको गुनासो गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार साँझ नेता नेपाललाई फोन गरेको बताए ।

उनका अनुसार फोनमा नेता नेपालले कुरा गर्न मन नभएको बताएका थिए ।

‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ फोन संवादबारे प्रसंग निकाल्दै ओलीले, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।’

ओलीले माधव पक्षसँग एकता गर्न निकै कठिन हुने बताए । विपक्षीसँग मोर्चा कसिएको प्रसंग निकाल्दै उनले भने ‘कसरी हुन्छ पार्टी एकता, यसमा त अध्यक्ष त के अध्यक्षको हजुरबाले पनि सक्दैन !’

उनले माधव पक्ष सच्चिने कुरामा विश्वास नरहेको पनि बताएका थिए । ओलीले उपाध्यक्ष वामेदव गौतमलाई ‘एकता अभियानले कति अर्थ राख्यो ?’ भनेर पनि प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)

बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

एमाले बैठक : सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिन माधव पक्षलाई २ दिनको समय

शनिबारको बैठकमा सहभागी हुन माधव पक्षलाई ओलीको आग्रह

वामदेवले ओलीलाई भने – मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन !

वि.सं.२०७८ असार १८ शुक्रवार १५:१२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...