back
CTIZAN AD

कमला घिमिरेको ‘हान्छु तिम्लाई लौरीले’ सार्वजनिक

वि.सं.२०७८ असार १८ शुक्रवार

753 

shares

१८ असार, काठमाडौँ । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गरेका छन्। सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शकस्रोताले गत वर्ष रुचाएका थिए । यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताए ।

वि.सं.२०७८ असार १८ शुक्रवार १६:२८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...