back
CTIZAN AD

अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण

वि.सं.२०७८ असार १८ शुक्रवार

546 

shares

१८ असार काबुल । अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।

सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवं आतंकवादी संगठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।

दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् । बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रुपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् ।

साथै नेटो आबद्ध झण्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ । अधिकांश नेटो सैनिकहरु यसै साता बिना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दैछन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली मुलुकका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ ।

संयुक्तराज्य अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन । काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको विदाईको घोषणा नगरेको हो । टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन् ।

अमेरिकाले राजधानी काबुलस्थित अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६०० जना सैनिक राख्ने बताएको छ । एक पटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट करिब एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ ।

यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवं स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ । सन् १९५० का दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।

सन् २००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए । यो विशाल हवाई मैदानमा दुई वटा रनवे छन् । पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ र यो सन् २००६ मा ९ करोड ६० लाख डलरमा बनाइएको हो ।

वि.सं.२०७८ असार १८ शुक्रवार १६:२२ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...