back
CTIZAN AD

हस्ताक्षर फिर्ता लिने समयसीमा, माधव पक्ष भन्छ– संवादको सम्भावना पनि टर्यो !

वि.सं.२०७८ असार १८ शुक्रवार

696 

shares

असार १८, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकतामा नरहेको निष्कर्ष निकालेको छ । सर्वोच्चमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन समय सीमा तोकेसँगै माधव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन २ दिनको समय सीमा दिएका थिए । उनले समय सीमाभित्र हस्ताक्षर फिर्ता नलिए माधव पक्ष एकतामा नरहेको स्पष्ट हुने चेतावनी दिएका थिए ।

ओलीले दिएको समयसीमा प्रति माधव पक्षले भने एकता विरोधी अभिव्यक्ति भन्ने टिप्पणी गरेको छ । माधव पक्षका एक स्थायी समिति सदस्यले ओली पूर्णं एकता विरोधी रहेको स्पष्ट भएको बताए ।

‘एउटा त बैठक अवैधानिक छ, अबैधानिक बैठकबाट यो निर्णय हुनु र निर्देशन हुनु नौलो कुरा भएन’, उनले भने, ‘तर, यो एकता विरोधी शैली हो, यसबाट ओली थप एकता विरोधी रहेछन् भन्ने पुष्टी भयो ।’

उनका अनुसार ओलीसँग संवादको सम्भावना टर्दै गएको छ । माधव पक्षले यसबारे बैठक नै बसेर औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन् ।

वि.सं.२०७८ असार १८ शुक्रवार १७:२५ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...