back
CTIZAN AD

लेबनानका ३० प्रतिशत भन्दा बढी बालबालिका खाद्य अभावको समस्यामा

वि.सं.२०७८ असार १८ शुक्रवार

663 

shares

१८ असार, बेरुत । लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।

“खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने ।

“लेबनानका दश मध्ये एक बालबालिका काममा जान परेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगारी छैन । ती मध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन” युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

लेबनानका कुल १५ प्रतिशत परिवारले उनीहरुका बालबालिकाको पढाई रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रासस

वि.सं.२०७८ असार १८ शुक्रवार १७:२२ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...