back
CTIZAN AD

आज देशैभरी थपिए कोरोनाका २२९९ संक्रमित, ३४ जनाको मृत्यु

वि.सं.२०७८ असार १८ शुक्रवार

741 

shares

१८ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२९९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६५६६ पिसीआर र ४०३० ऐन्टिजेन गरी १०,५९६ नमुना परीक्षणमा २२९९ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा ३४, ललितपुरमा ७६ र काठमाडौंमा ३१६ गरी उपत्यकामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म पिसीआर विधिबाट ६ लाख ४२ हजार ०५३ जना र ऐन्टिजेन विधिबाट ३६ हजार ७५५ गरी कूल ६ लाख ९५ हजार ३३० जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ३४५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३४५१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या ९४ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा अव ६ प्रतिशत मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ३४ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,१७९ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा हाल २९ हजार २७४ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २६ हजार ३३६ र संस्थागत आइसोलेशनमा २९३८ जना रहेका छन् ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६३२ र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ ।

आज २८९२ जनामा कोरोना संक्रमण, ४० जनाको मृत्यु

वि.सं.२०७८ असार १८ शुक्रवार १७:१२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...